सात वर्षपछि बाबुले ल्याए प्रायश्चित

pryachit‘सान्नानी तिमीलाई हिर्काउँला लौरीले ट्याक्क–ट्याक्क….लगायत थुप्रै गीत गाएर बाबु बोगटीले सांगीतिक क्षेत्रमा आºनो बेग्लै उचाइ बनाए । गायनमा बनाएको उचाइसँगै चलचित्रको पाश्र्व गायन हँुदै अभिनयमा प्रवेश गरेका बोगटी फेरि पुरानै परिचयमा फर्किएका छन् । अर्थात् सात वर्षपछि उनी आºनो एल्बम लिएर आएका छन् ।
चलचित्रका पाश्र्व गायन र नायकको भूमिकाको अभिनयको व्यस्तताले सात वर्षसम्म एल्बम बजारमा ल्याउन असमर्थ बोगटी ‘प्रायश्चित’ नामक एल्बमका साथ देखिएका हुन् । एल्बम  मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रका नायक राजेश हमालले सार्वजनिक गरे ।
कार्यक्रममा अभिनेता हमालले बाबु बोगटीको गायन र अभिनय कलाबाट आफू प्रभावित भएको बताउँदै भने, ‘बाबुको कामबाट म पनि प्रभावित छु ।’ गायक बाबु बोगटीले भने आºनो कार्यव्यस्तताले गर्दा लामो समयसम्म एल्बम निकाल्न नसकेको बताए । अब गायनलाई निरन्तरता दिने सोचका साथ एल्बम लिएर फेरि आएको उनले खुलाए ।
सोही अवसरमा चलचित्र निर्माता राजेश घतानीले नायक राजेश हमालबाट आफू अत्यन्त प्रभावित भएर आफ्नो नाम परिवर्तन गरेर तेजबहादुर हमाल राखेको सुनाए । नायक हमालले पनि राजेश घतानीबाट आफू प्रभावित भएको भन्दै कुनै दिन आफ्नो नाम पनि ‘तेजबहादुर हमाल’ भएको खण्डमा आश्चर्य नमान्न आग्रह गर्दै ठट्यौली गरे ।
एल्बममा ७ गीत समावेश छन् । यी सबै गीतमा बोगटी आफैँले संगीत भरेका छन् । गीतमा राजेश घतानी, प्रकाश पोखरेल, तीर्थ दाहाल, शीतल कादम्बिनी, जिएम प्रधान, सुशन खड्कालगायतको शब्द छ ।
कार्यक्रममा एल्बमको ‘बाटो’ बोलमा बनेको भिडियो पनि सार्वजनिक गरिएको थियो । केकी अधिकारी र उत्तम गजमेरले भिडियोमा अभिनय गरेका छन् । निर्मल लामा निर्देशित भिडियोका छायाकार हरि हुमागाईं हुन् ।

प्रतिक्रिया