अनियमितताबारे कारबाही अघि बढेन

राजविराज : सप्तरीका विभिन्न गाविसमा कार्यरत रहँदा आर्थिक अनियमितता गर्ने पाँच दर्जनभन्दा बढी गाविस सचिवका नाममा उजुरी परे पनि सिडिओ कार्यालयले कारवाही प्रक्रियाअघि बढाउन सकेको छैन । गाविसको विकास निर्माण तथा सामाजिक सुरक्षा भत्तालगायत शीर्षकमा सचिवले लाखाँै रकम अनियमितता गरेको भन्दै सिडिओ कार्यालयमा उजुरी गरिएको छ ।
कार्यालयले दिएको जानकारीअनुसार दर्ता भएका उजुरीमध्ये अधिकांशमा गाविस अनुदान रकम र सामाजिक सुरक्षा भत्ता अनियमितता गरेको आरोप छ । जसमध्ये सारस्वर गाविसमा भवनका लागि आएको रकम कागज मिलान गरी दुरूपयोग गरिएको भन्दै उजुरी परेको शाखा अधिकृत विष्णुरन्जन बरालले बताए । कार्यालयमा परेका उजुरीमध्ये तत्कालीन स्थानीय विकासमन्त्री नारायण काजी श्रेष्ठले अनुगमनसहित कारबाहीका लागि सिफारिस भएका वैरवा गाविसका सचिव देवनारायण साह, वनैनीयाका देवनारायण यादव, रामदत्त यादव, ब्रम्हपुरका प्रदिपलाल कर्ण, प्राविधिक सहायक हंसराज यादव, वथनाहका सचिव नारायण यादवललगायत निलम्बनमा परेको र अन्य उजुरीउपर छानबिन भइरहेको बरालको भनाइ छ । बरालले दिएको जानकारीअनुसार कार्यालयमा परेका उजुरीमध्ये तत्कालीन वैरवा गाविस सचिव मदन झा, वनैनीयाका देवनारायण यादव, दिघवाका नारायण यादव र कोइलाडीका नन्दकिशोर यादवको फाइल अख्तियारमा पठाइएको छ ।
यसका अतिरिक्त तत्कालीन खड्गपुरका गाविस सचिव देवेन्द्र चौधरी, देउरीका ताहिर हुसेन, भगवतपुरका तेजनारायण मण्डल, सिम्रहा सिंगियौनका नन्दी यादव, १ नम्बर योगिनीयाका विन्देश्वर मण्डल, पातोका रामदत्त यादव, सारस्वरका रामबहादुर यादव, वोदे वरसाइनका अवधनारायण साह, इटहरी विष्णुपुरका दानालाल यादव, १ नं योगिनीयाकै अर्का सचिव रामदेव यादव, गोवरगाडाका मिश्रिलाल ठाकुर, भारदहका कवितलाल यादव, औरहीका महिनारायण चौधरी, रामनगरका रामदत्त यादव, कञ्चनपुरका नारायण चौधरीलगायतका नाममा सिडिओ कार्यालयमा उजुरी दर्ता भएको शाखा अधिकृत बरालले जानकारी दिए ।
त्यसैगरी पकरीका मिश्रिलाल यादव, घोघनपुरका विन्दुलाल चौधरी, वोरीयाका ओमप्रकाश ठाकुर, वथनाहाका बुद्धिलाल मण्डल, वनौलाका देवेन्द्रप्रसाद चौधरी, तेरहौताका रामनारयण शर्मा, डिमनका दशरथ मण्डल, दिघवाका मिश्रिलाल यादव, फकिराका रामप्रसाद दास, रौतहटका कपिलेश्वर साह, वैरवाका मदन झा, डाढाका नारायण यादव, गोइठीका हृदयलाल साह, वनैनीयाका देवनारायण यादव, तरहीका अवधनारायण साह वथनाहाका वुद्धिप्रसाद खंग, मधवापुरका वेचन खड्गा, खोक्सरका रामउद्गार यादव, सिस्वावेल्हीका महेन्द्र चौधरी, रामनगरका रामदत्त यादव, दिघवाका नारायण यादव, कमलपुरका जगधर ठाकुर, मैनाकडेरीका विष्णुकान्त झा, मोवाहका महेन्द्रप्रसाद चौधरी र प्राविधिक सहायक यशोदानन्द चौधरीका नाममा समेत उजुरी दर्ता भएको कार्यालयको रेकर्डमा उल्लेख छ । (सौस)

प्रतिक्रिया