रेग्मीको बिकल्प खोजे देश दुर्घटनामा जान्छ

Prachanda

काठमाडौं, १४ जेठ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको विकल्प खोज्ने बेलाआईनसकको बताएका छन् ।
लाजिम्पाटस्थित आज (मंगलबार) आफ्नै निवासमा सञ्चारकर्मीसँग कुरागर्दै दाहालले तत्काल वर्तमान सरकारको विकल्प खोजे मुलुकका लागि अर्को दुर्घटना हुने बताए । उनले सरकारलाई सहयोग गर्न सबैसँग अपील गरे ।
‘खिलराज रेग्मीको विकल्प खोज्ने बेला भएको छैन,’ उनले भने, ‘११ बुँदे सहमति र २५ बुँदे बाधा अड्काउ फुकाउमा सहमति गर्ने दलहरुले नै विकल्प खोज्ने कुरा गर्नु दु:खद हो ।’
अध्यक्ष दाहालले मंसिरको पहिलोसाता संविधानसभाको निर्वाचन गर्ने गरी भोलि (बुधवार) मिति घोषणा हुने बताए । ‘भोलि संविधानसभा निर्वाचनको मिति घोषणा हुन्छ,’ उनले भने, ‘आजै विहान मन्त्रिपरिषद् अध्यक्षसँगको भेटमा सहमति भएको छ ।’
मंसिरमा निर्वाचन भएन भने अप्ठ्यारोस्थिति आउँछ भन्नेमा सरकार गम्भीर भएको पाएको उनले बताए । ‘मिति घोषणा पछि निर्वाचनको माहौल आफै बन्छ,’ दाहालले भने ।

प्रतिक्रिया