चन्दा आतंकले व्यवसायी आतंकित

धनगढी : जिल्लाका उद्योगी व्यापारीलाई अपरिचित व्यक्तिले दिनहुँ फोन गरेर चन्दा माग्ने गरेका छन् । भनेबमोजिम पैसा नदिए मार्ने धम्की आउने गरेको छ ।
धेरैजसो एनसेल र कहिले काहीँ नमस्तेबाट फोन गरेर धम्काउने गरेको कैलाली उद्योग वाणिज्य संघका महासचिव उपेन्द्र विष्टले बताए । ‘जिल्लाका ४०/४५ जना जति उद्योगी व्यापारीलाई फोन गरेर पैसा माग्ने गरिएको छ । नदिए मार्ने धम्की दिन्छन्,’ महासचिव विष्टले भने, ‘चन्दा आतंकबारे प्रहरी प्रशासनलाई जानकारी गराउँदा कुनै सुनुवाइ भएन् ।’
प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई धम्क्याउन प्रयोग गरेको फोन नम्बरसहित जानकारी गराएको लामो समय बित्दा पनि केही सुनुवाइ नभएपछि आफूहरूको मनोबल गिरेर त्रासमा बस्न बाध्य भएको उद्योगी व्यापारीको भनाइ छ । प्रहरी–प्रशासनको ढिलासुस्ती र निष्क्रियताका कारण फोन गरेर धम्क्याउनेको मनोबल बढ्न गई झन् बढी फोन आउने गरेको महासचिव विष्टले बताए ।

प्रतिक्रिया