‘अध्यक्ष-प्रधानन्यायाधीश पदबाटै हटाउनु पर्छ’

Sher-Bahadur-Kcकाठमाडौं, १३ जेठ । नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष एवं अधिवक्ता शेरबहादुर केसीले राजनीतिक दलहरुकै नेतृत्वमा चुनाव गर्नु पर्ने माग गरेका छन् ।
नेपाल प्रेस यूनियनको २२ औं स्थापना दिवसका अवसरमा आज (सोमबार) राजधानीमा आयोजित अन्तरक्रियामा अधिवक्ता समेत रहेका केसीले मुलुकमा राजनीतिक दलको विकल्प नरहेको बताए ।
‘राजनीतिक दलहरुले नै सरकारको नेतृत्व गरेर निर्वाचन गराउनु पर्छ,’ उनले भने, ‘खिलराज रेग्मीलाई पहिला प्रधानन्यायाधीश र त्यसपछि मन्त्रिपरिषद् अध्यक्षबाट हटाउनु पर्छ ।’
उनले दलहरुको नेतृत्वमा चुनाव हुन नसके लोकतन्त्र, प्रेस स्वतन्त्रता संकटमा पर्ने चेतावनी दिए । दलीय ब्यवस्थामै फर्किन आग्रह गरेका अधिवक्ता केसीले निर्वाचन र दलीय ब्यवस्थाका लागि पत्रकारहरुले मिसन पत्रकारिता गर्नु पर्ने उल्लेख गरे ।

प्रतिक्रिया