प्रहरीद्वारा अचेत नाबालिकाको उद्दार

Sirahaसिरहा, १२ जेठ । सिराहा जिल्लामा आमाले फालेको एकनाबालिकाको प्रहरीले उद्दार गरेर उपचारका लागि अस्पताल भर्ना गरेको छ ।
प्रहरीले बालिकालाई अचेतअवस्थामा फेला परेको थियो । सिरहाको रामनगर मिर्चैया–६ स्थित बताहा खोलाको पुल नजिकै आज (आइतबार) नाबालिका फेला परेकी हुन् ।
गम्भीर अवस्थामा फेला परेकी उनलाई ईलाका प्रहरी कार्यालय मिर्चैयाले उद्दार गरेको हो । बालिका फालेर जाने आमाको पहिचान हुन सकेको छैन ।
नाबालिकाको शरीरभरि निलडामा देखिएको छ । बालिकालाई मिर्चैया नर्सिङ्ग होममा भर्ना गराएको प्रहरी निरीक्षक पदम थपलियाले जानकारी दिए ।
परपुरुषसँगको अबैध यौनसम्बन्धबाट बच्चा जन्मिए पछि उनलाई फालेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया