बोर्ड र नेप्सेको गतिविधिले बजार प्रभावित

काठमाडौ, १२ जेठ । एक महिनको अबधि पनी नपुग्दै साढे पाच सय भन्दा माथी पुगेको नेप्से पाच सय भन्दा तल झरेको छ । नेप्से घटुन भनेको मुलुकको आथिर्क अवस्था जटिलातिर उन्मुख हुनु हो । घट्दो निर्यात र बढ्दो आयातले व्यापारघाटा चुलिएको छ । बैङकिङ क्षेत्रमा तरलता अभाव देखिन थालेको स्वयंम केन्द्रिय बैकले स्विकार गरिसकेको छ । बैङकिङ क्षेत्रमा तरलता देखिएसगै ब्याजदरलाई बढाउन मद्दत पुर्‍याउछ । सोही कारण शेयर लगानीकर्ता बचततिर आकषिर्त हुँदै गएको आभास हुन थालेको छ ।
मुलुकको व्यापार घाटा धान्नै नसक्ने गरी बढिरहेको छ । चालु आबमा नेपाल राष्ट्र बैकले सार्बजनिक गरेको पछिल्लो तथ्याकं अनुसार ब्यापार घाटा ३ खर्ब ५१ अर्ब ६७  करोड रुपैया रहेको छ । बस्तु आयत अत्याधिक बढेको कारण ब्यापार घाटा पनि चुलिदै गएको हो । अघिल्लो बर्षको तुलनामा चालु आबको ९ महिनाको अबधिमा ब्यापार घाटा २३ दशमलब ६ प्रतिसतले बृद्धि भएको छ । यो अबधिमा बस्तु निर्यात ३ दशमलब ३० प्रतिसतले मात्रै बृद्धि भएको छ भने बस्तु आयात २० दशमलब ३ प्रतिसतले बढनु मुलुकको लागी सबैभन्दा चिन्ताको बिषय बनेको छ । बस्तु आयात बढने क्रम पछिल्लो समय  तिव्र गतिले बढिरहेको तथ्याकंकले देखाएको छ ।  ब्यापार घाटा बढनु भनेको निर्यात ब्यापार खुम्चिनु हो । आयतको तुलनामा निर्यात ब्यापार नगञ्य रहेको छ । कृषिमा यान्त्रिकिकरण गर्न नसकेको कारण कृषि उत्पादन अपेक्षा गरे भन्दा ज्यादै न्युन मात्रामा मात्रै उत्पादन भैरहेको  छ ।  राष्ट्र बैकले सार्वजनिक गरेको पछिल्लो तथ्याकंक अनुसार वस्तु निर्यात  साढे ३ प्रतिशले वृद्धि भएको छ भने वस्तु आयात २० दशमलव ३ प्रतिशतले बढेको कारण व्यापार घाटा साढे ३ खर्ब  पुगेको हो ।
विकास निर्माणमा खर्च हुन नसकेको कारण नेपालको विनिमय सञ्चिती बढेको भएता पनि यसलाई सरकारमा बस्नेले गौरवको बिषय बनाएका छन । आब २०६९।७० को मौद्रिक  नीतिमा मूल्यवृद्धि ७ प्रतिशतको हाराहारीमा पुग्ने अनुमान गरिए पनि अन्तराष्ट्रिय परिस्थीतिका कारण मुल्य बृद्धि दुई अंकमा सीमित हुने संशोधित अनुमान राष्ट बैकले गरीसकेको छ ।  आथिर्क परिसुचक नकारात्मक रहेको कारण  भोलिको दिनमा मुलुकले गम्भिर आर्थिक संकट भोग्नुपर्ने संभावना बढिरहेको छ ।
नेपालबाट निकासी हुने प्रमुख वस्तुमा ऊनी गलैंचा, तयारी पोसाक, मुसुरोको दाल, पोलिस्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टील र तिनका उत्पादन, हस्तकलाका सामान, चाँदीका गरगहना, चाउचाउ, टुथपेस्ट, अलैंची, चिया, अदुवा, सुपारी, नेपाली हातेकागज, छाला, पस्मिना सल, जडिवुटी रहेका छन । खास गरी नेपालको निकासी व्यापार  भारत, संयुक्त राज्य अमेरिका, बंगलादेश, जर्मनी, चीन, बेलायन , फ्रान्स , टर्की, जापान, इटाली, अफगानिस्तान, थाइल्यान्ड, क्यानडा, भुटान लगायतका मुलुकमा हुने गरेको छ । परम्परागत निर्यातजन्य वस्तु, ऊनी गलैंचा, तयारी पोसाक आदिको निर्यातमा हस आएको कारण निर्यात ब्यापार निरासाजनक देखिएको हो ।
यस्तो अवस्थामा सेयर बढने आधार नदेखिएपनि घटनुपर्ने कारण पनि रहेको छैन । केही समय अघि धितोपत्र कारोबारमा संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन हुने हल्लाले पूँजीबजारमा एक किसिमको अन्योल छायो । सोही कारण शेयर विक्रीको  चाप बढ्न गई परिसूचक घट्न थालेको आकलन बजारमा छ । १९ प्रतिशत शेयर थपिँदा शेयर मूल्य घटाउने भन्ने मनसायका कारण शेयर नेप्से बियरिश ट्रेन्डमा जान थालेको विश्लेषकहरुको भनाई छ । धितोपत्र बोर्डले बजार आकलन नै नगरी एकतर्फी रुपमा संस्थापक सेयर बिक्री गर्ने निर्णय गरेको कारण सुधारोन्मुख बजार पुन बियरीस ट्रेन्ड उन्मुख भएको छ ।
अहिले बजारमा तरलता अभाव प्रस्टै देखिएको छ । बैकमा तरलता बढ्दा ब्याजदर घट्ने हुँदा लगानीकर्ता शेयर बजारमा लगानी गर्न रुचाउँछन् । अर्कोतिर बैङकमा तरलता अभाव भइरहेको अवस्थामा बचत आकषिर्त गर्न बचतमा ब्याजदर बढाउने हुँदा शेयरबजारमा हुने जोखीम मोल्नुभन्दा बैङकमा बचत जम्मा गरी ब्याज आर्जन गर्ने प्रवृत्ति बिगतले देखाएको छ । यसले शेयरको माग घट्न गई शेयर परिसूचक पनि ओरालो लाग्छ र अहिले पनि यस्को प्रभाव पुजी बजारमा परिरहेको छ ।  यस्तो अवस्थामा मेघा बैकले १९ जेठदेखी सेयर जारी गर्दे छ । बैंकले ६९ करोड ९० लाख रुपियाँ बराबरको सेयर जारी गर्न लागेको छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको बैंकले आह्वान पत्र प्रकाशित गरी सकेको छ । मेघाको सेयरले दोश्रो बजार प्रभावि हुने निश्चित छ ।
अहिले विश्वबजारमा सुनको मुल्यमा अध्याधिक उत्तारचढाव आईरहेको छ । यसको असर नेपाली बजारमा पनि देखिएको हुँदा केही लगानीकर्ता शेयर बेचेर भए पनि सुनमा लगानी गरी फाइदा कमाउने दाउमा छन् । सुन शेयर लगानीको एक विकल्प भएकाले यसले पनि शेयर बजारलाई कमजोर बनाइरहेको छ ।
नेपालको एकमात्र धितोपत्र बजारको इतिहास त्यति लामो छैन । दुई दशकअघि स्थापना भएको नेपाल धितोपत्र विनिमय बजार लिमिटेड (नेपाल स्टक एक्सचेन्ज) अझै पनि कार्यक्षमताको हिसाबले कमजोर स्थितिमै छ । विश्वका विकसित मुलुकहरुमा मात्र होइनन्, दक्षिण एसियाका छिमेकी मुलुक भारत र पाकिस्तानले समेत आधुनिक प्रविधिबाट सेयर कारोबार गरिरहेका बेला हाम्रो सेयरबजार बामे सरिरहेको छ । स्थापनाको लभगभ डेढ दशकसम्म त स्टक एक्सचेन्ज खुला बोलकबोल प्रणालीबाट चलेको थियो । कारोबारको सबै प्रणाली म्यानुअल थियो । नेप्से परिसूचकको हिसाब पनि यही विधिबाट निकालिन्थ्यो । कारोबारका सबै प्रविस्टि एक–एक गरी राख्नुपर्ने भएकाले कतिपय अवस्थामा विवरण नै पाउन मुस्किल पथ्र्यो । ती सबै समस्या समाधान गर्नका लागि ०६४ सालमा स्टक एक्सचेन्जमा नाममात्रको कम्प्युटरकृत प्रणाली भित्रियो । तर त्यसअनुसार अझैसम्म पनि कार्यप्रणाली आधुनिक बनाउन सकिएको छैन । नेप्सेको कारोबार र त्यहाँका कर्मचारीहरूमा अझै पनि विगतकै ‘म्यानुअल’ प्रविधिको प्रतिछाया देख्न सकिन्छ । नेपालको पुँजीबजारलाई आधुनिकीकरण गर्नका लागि नाममात्रको केन्द्रियन निक्षेप प्रणाली स्थापना भइसकेको छ । आधुनिकीकरणका प्रयासले नेपाली सेयरबजारमा सुधार हुने अपेक्षा धितोपत्र दलाल र यो संग सम्बन्धित अन्य निकायहरूमात्र होइन, आमलगानीकर्ताको पनि थियो  । तर   एक्सचेन्जले अझै पनि ‘म्यानुअल’ प्रणालीमा सुधार गर्न नसक्दा पुँजीबजारको विकासमा बाधा विस्तारमा अवरोध देखिएको आभास भैरहेको छ ।
विश्व बजारमा बितेको पाँच–सात वर्षयता प्रविधि क्षेत्रले निकै ठूलो फड्को मारिसकेको छ ।  नेपालकै सेयरबजारको आकार पनि त्यसयता बढिसकेको छ । त्यसैले स्टक एक्सचेन्जले पुरानो प्रविधिलाई प्रतिस्थापन गरेर आधुनिक प्रविधिमा आफूलाई स्तरोन्नति गर्नैपर्छ ।

नेप्से स्थिरतातर्फ
काठमाडौ :  गत साता सेयर बजार स्थिरतातर्फ उन्मुख रहेको छ । साताको पहिलो दिनको तुलनामा साताको अन्तिम दिन नेप्सेमा ० दशमलब ९४ अंक मात्रै ह्रास देखिई परिसुचक ४ सय ९७ दशमलब शुन्य ४ मा रहेको छ ।
स्टक एक्सचेन्जमा १ सय १७ कम्पनीको कारोबार भएको छ । जसमा ५ हजार ५ सय ९४  कारोबारबाट ३५ करोड ६४ लाख ७६ हजार रुपैयाा बराबरका १४ लाख ९८ हजार ९ सय ३७ कित्ता शेयरहरु खरीद बिक्री भएका छन् । गत साता १ सय १३ कम्पनीहरुको कारोबार भएको थियो । जसमा ४ हजार ६ सय ८१ कारोबारबाट ३३ करोड ७१ लाख ६० हजार रुपैयाा बराबरका १६ लाख ४६ हजार ८ सय ८० कित्ता शेयरहरु खरीद बिक्री भएका थिए । कारोबार रकममा गत साताको तुलनामा ५ दशमलब ७३ प्रतिशतले वृद्धि भएको छ । कूल कारोबार मध्ये ‘क’ वर्गका कम्पनीहरुको मात्र २१ करोड ९६ लाख ७० हजार रुपैयाा बराबरको कारोबार भएको छ । यो कूल कारोबारको ६१.६२ प्रतिशत हो ।
गत साता  ३ करोड ८२ लाख ३५ हजार रुपैयााको सेयर कारोबार भई  नबिल बैंक अग्रस्थानमा रहेको छ । त्यसै शेयर संख्याको आधारमा आधारमा नबिल व्यालेन्सड फण्ड अग्रस्थानमा रहेको छ । त्यसै गरी कारोबार संख्याको आधारमा कमर्ज एण्ड ट्रष्ट बैंक नेपाल अग्रस्थानमा रहेको छ । साताको उत्कृष्ठ पाच कम्पनीमा नविल बैक, चिलिमे हाइड्रोपावर, कर्मज एण्ड ट्रस्ट, स्टेन्डर्ड चार्ट बैक र  एभरेष्ट बैक रहेका छन् ।

प्रतिक्रिया