लक्ष्यभन्दा राजस्व बढी संकलन

काठमाडौं, १२ जेठ । चालु आवको बैशाखसम्म सरकारले राजस्वको लक्ष्यभन्दा पनि बढी राजस्व असुली  गरेको छ । २ सय २६ अर्ब ५ करोडको राजस्व असुली लक्ष्य रहेकोमा २ ससय ३४ अर्ब ४५ करोडको लक्ष्य हासिल गरेर लक्ष्यभन्दा १ सय ३ दशमलब ७२ प्रतिशत संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ ।
यस अवधिमा भन्सार महसुल ४६ अर्व ७३ करोड रुपियाा, मु.अ.कर  ६८ अर्व २९ करोड रुपियाा, अन्तशुल्क  २९ अर्व ५ करोड रुपियाा र आयकर तर्फ  ५२ अर्व १२ करोड रुपियाा संकलन भएको छ । यसै गरी यस अवधिमा रजिष्ट्रेशन दस्तुर  ४ अर्व २ करोड रुपियाा, सवारी साधन कर  ३ अर्व ९० करोड रुपियाा र अन्य कर र गैरकर समेत तर्फ जम्मा  ३० अर्व ३४ करोड रुपियाा संकलन भएको छ । जुन गत आ.ब. २०६८/६९ यसै अवधिको तुलनामा २३ दशमलब ३५ प्रतिशतले वृद्धि  हो ।
भन्सार महसुल लक्ष्यको तुलनामा १२३ दशमलब ८२ प्रतिशत, मु.अ.कर ९५ दशमलब ०२ प्रतिशत र आयकर १०७ दशमलब ८४ प्रतिशत  संकलन भएको छ । त्यसै गरी आ.ब. २०६८/६९ को यसै अवधिको तुलनामा आ.ब. २०६९/७० मा कर राजस्व असुली लक्ष्य भन्दा २७ दशमलब ४७ प्रतिशतले वृद्धि र गैर कर राजस्वमा केही कमी आएको छ ।
चालु आर्थिक वर्षको बैशाख महिनासम्मको राजस्व असुलीमा भन्सार महसुलको अंश २० प्रतिशत, मुल्य अभिवृद्धि करको अंश २९ प्रतिशत, अन्त शुल्कको अंश १२ प्रतिशत, आयकरको अंश २२ प्रतिशत, रजिष्ट्रशन दस्तुर, सवारी साधान कर र अन्य करको अंश ५ प्रतिशत, र गैरकरको अंश १२ प्रतिशत रहेको छ ।
यसरी राजस्व असुली लक्ष्य भन्दा बढी हुनुमा राजस्व प्रशासनको कार्यक्षमतामा अभिवृद्धि हुनु, भन्सार मुल्यांकनलाई यथार्थपरक र वस्तुगत वनाइनु, वस्तु वर्गीकरणको प्रभावकारी कार्यान्वयन गरिनु, जााचपास प्रक्रियाको सरलीकरण र चुहावट नियन्त्रणमा प्रभाकारिता ल्याइनु र सीमा सुरक्षालाई प्रभावकारी बनाई सीमावर्ती क्षेत्रमा हुने चोरी पैठारी नियन्त्रणमा सफलता हासिल भएको कुरा अर्थ सचिव शान्तराज सुवेदीले बताए । साथै अर्थ सचिव सुवेदीले आयातमा भएको बृद्धिका साथै आन्तरिक अनुगमनमा तीव्रता दिएको, नक्कली भ्याट विल कारोवारमा संलग्नलाई विना मोलाहिजा कारवाही गरिनु, कर परिक्षण तथा अनुसन्धानलाई प्रभावकारी वनाईदै लगिनु, कर बक्यौता असुली गर्न स्पष्ट कार्य योजना बनाई कार्यान्वयन गर्नुका साथै करदाता शिक्षामा जोड दिईनु पनि प्रमुख कारण राजस्व वृद्धि भएको बताए । उनले घर बहालकर संकलन अभियानको सफलता, बजार अनुगमन तथा चोरी पैठारी नियन्त्रणमा सुधार हुनु, नियमित गस्ती, चुहावटका संभावित क्षेत्रहरुको पहिचान, मन्त्रालयबाट मातहत विभाग तथा कार्यालयहरुको नियमित अनुगमन, निरीक्षण तथा समन्वयले गर्दा पनि राजस्व असुलीमा उत्साहजन वृद्धि भएको जानकारी दिए ।

प्रतिक्रिया