निर्वाचनको मिति छिट्टै घोषणा हुन्छ : रेग्मी

Khilraj-Regmi's

भैरहवा, ११ जेठ । अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले सरकारको ध्यान संविधानसभाको निर्वाचन तर्फ केन्द्रित भएको बताएका छन् ।
२५ सय ५७ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस २०७० को अवसरमा आज (शुक्रबार) लुम्बिनीमा आयोजित समारोहमा रेग्मीले दलहरुलाई गम्भीर भएर निर्वाचन तर्फ लाग्न आग्रह गरे । ‘निर्वाचनका लागि सबै गम्भीर हुनु पर्छ,’ उनले भने ।
प्रमुख चार राजनीतिक दलका शीर्ष नेताहरुले सरकार आफ्नो उद्देश्यबाट चिप्लिदै गएको आरोप लगाईरहेका बेला उनले संविधानसभा निर्वाचनको मिती छिट्टै घोषणा गरिने जनाएका हुन् ।
बुद्धको अद्धितीय शान्तिको सन्देश विश्वको मार्गदर्शक भएको उल्लेख गरेका उनले भने, ‘अहिंसा र शान्तिलाई अंगिकार गरेमा विश्व समुदाय समृद्धि तर्फ उन्मुख हुन्छ ।’ शान्ति र अहिंसा समाजिक परिर्वतनको मूलभूत आधार भएको उनको भनाई छ ।
लुम्बिनी विकास कोषका अध्यक्ष तथा बुद्धजयन्ती समारोहका सभाध्यक्ष संस्कृति तथा पर्यटन मन्त्री रामकुमार श्रेष्ठले लुम्बिनीको विकास, विस्तार र प्रबद्र्धनका लागि सरकार कटिबद्ध रहेको बताए ।

प्रतिक्रिया