प्रहरी कार्यालय सप्तरीमा न्यूज डेस्कको स्थापना

राजविराज, ११ जेठ । जिल्लाका अधिकांश कार्यालयले सूचना लुकाउने गरेको जनगुनासो उठिरहेका बेला जिल्ला प्रहरी कार्यालय सप्तरीले सूचनामा सहज पहुच बनाउन पहिलो पटक ‘न्यूज डेस्क’को स्थापना गरेको छ । प्रहरीसग सम्वन्धित घटनाको सहज, सरल र स्पष्ट जानकारी दिने उदेश्यले डेस्कको स्थापना गरिएको जिल्ला प्रहरीले जनाएको हो ।
हरेक दिनका घटना विवरण सोही डेस्क मार्फत प्रहरीले दैनिक २ पटक सार्वजनिक गर्ने गरेको प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले बताए । न्यूज डेस्कको स्थापनाले सप्तरीका सञ्चारकर्मीहरुलाई निकै नै लाभदायी भएको छ । प्रहरी उपरीक्षक चौधरीले जिल्ला सबै सञ्चारकर्मीलाई ई मेल मार्फत सबै सूचना उपलब्ध गराउन थालेपछि प्रहरी कार्यालय धाउनुपर्ने बाध्यताबाट सञ्चारकर्मी मुक्त भएका छन् ।
न्यूज डेस्कका प्रमुख तथा डिएसपी चौधरीले डेस्क स्थापना प्रहरीको सामान्य काम भित्र पर्ने बताउदै सत्यतथ्य सूचना विवरण उपलब्ध गराउनु प्रहरीको दायित्व भएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया