मुद्दा हाल्ने तयारीमा बायन्से

Amanda-Bलस एन्जलस : हलिउड अभिनेत्री अमन्दा बायन्से मुद्दा हाल्ने तयारीमा छिन् । एक म्यागजिनले आफ्ना नचाहिँदो तस्बिर छापेको भन्दै उनले मुद्दा हाल्ने तयारी गरेकी हुन् ।
हलिउड एक अनलाइनले जनाए अनुसार २७ वर्षीय बायन्सेले आफ्नो ट्विटरमार्फत एक म्यागजिनलाई मुद्दा हाल्न लागेको सार्वजनिक गरेकी छन् । सो म्यागजिनले आफूसँग गरिएको विशेष अन्तर्वार्तामा गलत तस्बिर छापेको आरोप उनले लगाएकी छन् ।
म्यागजिनले पत्रिकाको पहिलो पन्नामा छापेको तस्बिर मेरो पुरानो हो उनले भनिन्, यसमा मेरो मुख बांगिएको छ । आफ्नो सर्जरीभन्दा अगाडिको तस्बिर पत्रिकाले छापेर बेइज्जत गर्न खोजेको उनले खुलाइन् । तस्बिरमा उनको नाक देखिएको छैन ।
पत्रिकाले तस्बिर बिगारेर आफूलाई बदनाम गर्न खोजेको समेत आरोप लगाउँदै उनले भनिन्, ‘मेरो तस्बिर अन्य मानिसको शरीरमा जोडिदिएका छन् जसका कारणले मेरो जीवन पनि बर्बाद हुन सक्छ’ ।
अमन्दाले पत्रिकामा छापिएको विषयमा यसरी देखाएकी क्रोध यो पहिलो भने होइन । यस अगाडि उनले यस्ता विषयमा कैयाँै मुद्दा झेलिसकेकी छन् । उनी ती पत्रिकाको बारेमा कडा रूपमा उत्रिन्छिन् जसको समाचार उनलाई नेगेटिभ लाग्छ । (एजेन्सी)

प्रतिक्रिया