सुगन्ध–२ को भिडियो बजारमा

Sushila-Poudelकाठमाडौं : गायक ओम सुनारले आफ्नो एकल स्वर रहेको दोस्रो सिडी एल्बम सुगन्ध–२ बजारमा ल्याएका छन् । आधुनिक भाकाका पाँच गीत रहेको एल्बममा गुरुदेव कामद, ऋषि शर्मा, स्पन्दन स्वरहाङ्ग राई, सुशीला पौडेलका शब्द–संगीत छ ।
एल्बममा रहेको तिमीविना एकपल पनि… बोलको गीतमा म्युजिक भिडियो पनि तयार पारिएको छ । सुवर्ण खड्का र सिल्पा पोखरेलीले मोडलिङ गरेको यस भिडियोका निर्देशन जीवन रसाइली हुन् । मिडिया प्रचारप्रसारका लागि गीतको भिडियो बनाएको गायक सुनारले बताए । (सौस)

प्रतिक्रिया