राप्रपामा बन्यो एकीकृत कार्यसमिति

Surya-Bd-Thapa-Jiकाठमाडौं, ९ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीबीचको एकतापछि गठित राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिमा खुला र महिलातर्फ ४९ जना निर्वाचित भएका छन् । दुवै पार्टीको एकता महाधिवेशनअन्तर्गत भएको मतदानबाट नयाँ नेतृत्व चयन भएको हो ।
निर्वाचित कार्यसमितिमा अध्यक्ष सूर्यबहादुर थापाका छोरा सुनील, नेता लोकेन्द्रबहादुर चन्दका छोरा जयन्त क्रमश: सबैभन्दा बढी मत पाएर निर्वाचित भएका छन् । स्वर्गीय जोगमेहर श्रेष्ठका छोरा सुमनमेहर पनि बढी मत ल्याएरै निर्वाचित भएका छन् । विधानअनुसार केन्द्रीय समितिमा खुलाबाट ३५, महिलाबाट १०, जनजातिबाट ११, तराई(मधेस)क्षेत्रबाट ९, दलितबाट ४, मुस्लिम र कर्णालीबाट १ र १ निर्वाचित हुने प्रावधान छ । अध्यक्षले ३० सदस्य मनोनित गर्ने राप्रपाले जनाएको छ ।
राप्रपाको अध्यक्षमा सूर्यबहादुर थापा, उच्चस्तरीय समितिमा लोकेन्द्रबहादुर चन्द, पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी छन् । केन्द्रीय सदस्यहरूमा जयन्त चन्द, सुनीलबहादुर थापा, परशुराम खापुङ, विक्रम पाण्डे, सुमनमेहर श्रेष्ठ, भुवन पाठक, प्रेमबहादुर भण्डारी, गोविन्द विक्रम शाह, जगत गौचन, ध्रुवबहादुर प्रधान, बाबुराम पौडेल, वसन्तमान सिंह अधिकारी, वीरसिंह ठकुरी, हरिप्रसाद घिमिरे, रामहरी थापा, रामबहादुर थापा, भारत गिरी छन् । त्यस्तै अर्जुन राई, भारतप्रसाद पाठक, तोरणबहादुर गुरुङ, महेश्वर रोक्का, गिरिबहादुर केसी, कृष्णप्रताप मल्ल, किशोरबहादुर कार्की, कर्णबहादुर बुध, विष्णुबिक्रम थापा, जनकबहादुर कार्की, राजेश गिरी, बलबहादुर केसी, डाक्टर गुरुप्रसाद रजौरिया, मिनबहादुर कुँवर,  सुरेन्द्र केसी, हरिबहादुर विस्ट, रबिन्द्रप्रताप शाह, राजेन्द्रप्रसाद श्रेष्ठ, श्रीमती सरोज शर्मा,  श्रीमती प्रतिभा राणा, सुश्री रोशन कार्की, श्रीमती विन्दु पहाडी, श्रीमती निना भेटवाल, श्रीमती मिना सुवेदी, श्रीमती पवित्र जोशी, श्रीमती नानीमैया आचार्य, श्रीमती दुर्गा श्रेष्ठ र श्रीमती प्रतिभा क्षत्री निर्वाचित भएका छन् ।

प्रतिक्रिया