मधेसलाई भारतबाट खतरा छ : यादव

matrika yadavभैरहवा , ९ जेठ । नेकपा माओवादीका संयोजक मातृका यादवले मधेसलाई भारतबाट खतरा भएको बताएका छन् । क्रान्तिकारी विद्यार्थी संगठन नेपाल भैरहवा क्याम्पस मूल एकाइद्वारा बुधबार भैरहवा क्याम्पसमा आयोजित सभालाई सम्बोधन गर्दे पूर्वमन्त्रीसमेत रहेका यादवले वर्तमान प्रधानमन्त्री चोरहरूको संरक्षक डाँका जस्तै भएको समेत टिप्पणी गरेका थिए ।
उनले जनअपराधी लोकमानसिंह कार्कीलाई दलहरूले अख्तियार प्रमुखमा सिफारिस गर्नुको मूल कारण आफूहरूले गरेको भ्रष्टाचार लुकाउने प्रयास भएको बताए । सम्बोधनको क्रममा अधिकांश समय एमाओवादी, एमाले, कांग्रेस र मधेसवादी दलका मुख्य नेताहरूलाई गाली गर्न समय खर्चेका यादवले सारा विद्यार्थी परिवर्तनको पक्षमा लाग्नुपर्नेमा जोड दिएका थिए ।
उनले विद्यार्थीलाई भने, ‘जुन–जुन विद्यार्थी जुन–जुन संगठनमा भएता पनि गलत र फटाहा प्रवृतिको विरोध गर्नुहोस् उनीहरूलाई ठेगानमा ल्याउने कोसिस गर्नुहोस् होइन भने त्यस्ता संगठनमा बसेर देश बर्बाद बनाउने षड्यन्त्रकारीको साझेदारी नबन्नुहोस् विद्रोह गरेर बाहिर आउनुहोस् ।’ कार्यक्रममा पार्टीका जिल्ला सेक्रेटरी गोविन्द पंगेनी, विद्यार्थी प्रमुख मनीष उपाध्यय, भैरहवा क्यामपसका क्याम्पस प्रमुख डा. घनश्याम न्यौपानेलगायतले बोलेका थिए ।

प्रतिक्रिया