ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यू

Rolpaरोल्पा, ८ जेठ । रोल्पाको मिझिङमा भएको ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यू भएको छ भने १० जना गम्भीर घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ ।
लिवाङबाट सुलिचौर बजारतर्फ जाँदै गरेको लु.२.त. ७६१९ नम्बरको ट्याक्टर मिझिङ–५, उपल्लोथर भन्ने स्थानमा आज (बुधबार) दुर्घटना हुँदा अरेस–६ निवासी ४० वर्षीय कुलबहादुर पुनको मृत्यू भएको हो ।
दुर्घटनामा परेर गम्भीर घाइते पुनको सुलिचौरस्थित जीवनअनमोल हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते हुनेमा अरेस–९ का ५१ वर्षीय लिलबहादुर घर्ती र गाम–१ का चालक सुकबहादुर परियार रहेका छन् ।
११ जना सवार रहेको ट्याक्टर अनियन्त्रित भएर सडकभन्दा करीब १५ मिटर तल खसेको थियो ।
दुर्घटनामा शशिराम पुन, सीता रोका, पानसरी पुन, कुमारी पुन, उजीर पुन, नैना रोका, चित्र रोका र कमला वली घाइते भएका छन् ।

प्रतिक्रिया