सर्पदंशबाट दार्चुलामा एक मजदुरको मृत्यु

darchulaधनगढी, ७ जेठ । दार्चुलामा एकजना मजदुरको सर्पदंशबाट मृत्यु भएको छ । बैतडी–दार्चुला सडकमा काम गर्ने कपिलबस्तु जिल्ला चन्द्रौटा घर भएका २१ वर्षीय प्रकाश चौधरीको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
बैतडी–दार्चुला सडकखण्डको खलंगा गाविस २ नमस्कार भन्ने ठाउँमा चौधरीलाई सर्पले टोकेको थियो । उनलाई उपचारका लागि डडेल्धुरातिर लैजाने क्रममा बीच बाटोमै मृत्यु भएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया