′अघिल्लो निर्वाचन ऐन अनुसारै चुनाव हुन्छ′

Prachandaचितवन, ७ जेठ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन सम्बन्धि ऐन निर्माणमा दलहरुबीच सहमति नहुँदा मिति घोषणामा ढिलाई भएको बताएका छन् ।
क्रान्तिकारी पत्रकार संघ चितवन शाखाले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा दाहालले निर्वाचनको अन्य सबै विषयमा सहमति भएपनि केहि विषयमा कुरा मिल्न बाँकी रहेकाले मिति घोषणामा समेत बिलम्ब हुँदै गएको बताए । उनले निर्वाचन मिति घोषणा नभएपनि दलहरु चुनावी अभियानमा जुटिसकेकोले चुनावी माहौल बनिसकेको उल्लेख गरे ।
दाहालले थ्रेसहोल्ड र समानुपातिक प्रतिनिधित्वको विषयमा अघिल्लो निर्वाचनमा जे सहमति भएको थियो त्यहि नै लागू हुने दावी गरे । फौजदारी अभियोग लागेकालाई निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यबस्थाका बारेमा अध्यक्ष दाहालले शान्तिप्रक्रियाको सम्झौता अनुसार नै हुनुपर्ने टिप्पणी गरे ।

प्रतिक्रिया