माओवादी निकट विद्यार्थीद्धारा तालाबन्दी

RR-collegegकाठमाडौं, ६ जेठ । नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्रदर्शनीमार्गमा रहेको रत्नराज्यलक्ष्मी क्याम्पसमा तालाबन्दी गरेको छ ।
स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनका लागि विभिन्न विद्यार्थी संगठनहरुले फर्जी भर्ना गरेको दावी गर्दै बैद्य निकट अखिल क्रान्तिकारीले क्याम्पस प्रशासनमा ताला लगाएको हो । क्रान्तिकारीले आज विहान फर्जी भर्ना बदरको माग गर्दै क्याम्पसभित्र नारावाजी गरेको थियो । क्रान्तिकारीका अध्यक्ष ललित विकले फर्जी भर्ना फिर्ता नभएसम्म प्रशासनमा लगाएको ताला नखोल्ने बताए । उनले स्वतन्त्र र निष्पक्ष स्ववियूका पक्षमा आफुहरु भएपनि स्ववियू हत्याउनकै लागि केहि संगठनहरुले फर्जी भर्ना गरेको आरोप लगाए । आफ्ना मागको सम्बोधन नभए निर्वाचन समेत हुन नदिने क्रान्तिकारीले बताएको छ । गएको शुक्रबार अन्तिम भर्नाको समय तोकेपछि अनेरास्ववियु र एनेकपा माओवादी निकट अखिल क्रान्तिकारीले संयौं विद्यार्थीको भर्ना एकै दिन गरेको थियो ।  स्ववियू चुनाव यही जेठ २३ गते हुदैछ ।

प्रतिक्रिया