पानी बोक्ने ट्याकंर ब्यवासायी आन्दोलित

काठमाडौं, ५ जेठ । पिउने पानी आपूर्ति गर्दै आएका ट्याकंर ब्यवसायीहरुले सरकारले एकतर्फी रुपमा ब्यवसायी अनावश्यक समस्या थोपरेको भन्दै विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
पानी उत्पादन गर्ने कारखाना सरकारले एकतर्फी रुपमा बन्द गरेपछि उनीहरुले आन्दोलनमा उत्रिएको जनाएका छन् ।
व्यवसायीले राजधानीमा दैनिक ८ करोड लिटर भन्दा बढि पानी आपूर्ति गर्दै आएका छन् । हाल ७ सय भन्दा बढि पानी बोक्ने ट्यांकर संचालनमा छन ।
उपत्यका खानेपानी स्रोत तथा ट्याकंर ब्यवसायी संघका सह–अध्यक्ष अच्युत पाण्डेले सरकारले गर्छु भनेका कुरा पुरा नगरे पछि आन्दोलनमा उत्रिनु परेको जनाए ।

प्रतिक्रिया