जनजाति महासंघको कार्यालय तोडफोड

Dadeldhura Districtडडेल्धुरा, ५जेठ । आदिबासी जनजाति महासंघ जिल्ला समन्वय समितिको कार्यालय डडेल्धुरामा अज्ञात समुहले तोडफोड गरेको छ । कार्यालय तोडफोड गर्नुका साथै महत्वपूर्ण कागजातहरु समेत जलाएको महासंघले जनाएको छ ।
कार्यालय बन्द रहेको अवस्थामा अज्ञात समुहले तोडफोडका साथै आगजनी गरेको हो । आज कार्यालय खोल्दा कार्यालयको ढोका फुटाएर कुर्सी, फोनसेट दराज आदि जलाएको अवस्थामा भेटिएको महासंघ जिल्ला समन्वय समितिका सचिव राजेन्द्र बहादुर थापामगरले बताए । उनका अनुसार करीव २ लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी उपरीक्षक कृष्ण प्रसाईले घटनाको अनुसन्धान भईरहेको बताए ।

प्रतिक्रिया