श्रीमतिको हत्यापछि श्रीमान फरार

सिरहा, ५ जेठ । सिरहाको गाढा गाविस ९ का एक युवकले गोली हानेर आफ्नै श्रीमतिको हत्या गरेका छन् । श्यामसुन्दर महतोले ३२ बर्षीया आफ्नै श्रीमति बबिता महतोलाई गोली हानी हत्या गरेका हुन् । श्रीमतिलाई गोली प्रहार गरेका महतो भने फरार रहेको प्रहरीले जनाएको छ । बबिताको टाउँकोमा गोली लागेको छ । हत्याको कारण नखुलेको प्रहरी उपरीक्षक मनोज न्यौपानेले बताए । उनले फरार रहेका महतोका खोजी कार्य भईरहेको जनाए । महतोका दुई छोरी र एक छोरा छन् । श्रीमतिको हत्यासंगै महतो पनि फरार भएपछि उनका छोराछोरीको बिचल्ली भएको छ ।

प्रतिक्रिया