घुम्ती शिविरमा नेकपा–माओवादीको आक्रमण

देउखुरी, ५ जेठ । नेकपा–माओवादीका कार्यकर्ताले दाङको उरहरीमा एकीकृत घुम्ती शिविरमा तोडफोड गरेर क्षति पुर्‍याएका छन् ।
बसमा चढेर पुगेका नेकपा–माओवादीका कार्यकर्ताले शिविरमा प्रवेश गरी कार्यक्रमलाई अवरोध पुर्‍याका हुन् । शिविर दुई दिनका लागि सञ्चालन भएको हो । नेकपा–माओवादीको आक्रमण र अवरोध पछि नागरिकता वितरण तथा फोटोसहितको मतदाता नामावली संकलनको काम प्रभावित भएको छ ।
अमर उच्च मावि उरहरीमा टरीगाँउ, फूलबारी, गोल्टाकुरी र उरहरी गरी ४ गाविसका स्थानीयलाई एकै स्थानमा सेवा दिईएको थियो ।
केन्द्रमा नेकपा–माओवादी कार्यकताले ढुङगा/मुढासहित आक्रमण गरेका थिए । आक्रमणाबट शिविरमा प्रयोग गरिएका कागज, ब्यानरलगायतका सामानमा क्षति पुगेको एक कर्मचारीले बताए ।

प्रतिक्रिया