नागरिकता बनाउन हिँडेका युवकको मृत्यू

jajarkotजाजरकोट, ५ जेठ । जाजरकोट कोर्ताङ–४ का एक युवकको आज (आइतबार) विहान शव फेला परेको छ ।
कोर्ताङ्ग–४, मेसु स्थायी घर भई सुर्खेतको झुप्राखोला बस्दै आएका २० बर्षीय नरेश बस्नेत दैलेख र जाजरकोटको सीमानामा पर्ने पातीहाल्नमा मृत अवस्थामा फेला परेका हुन् । नागरिकता बनाउने भन्दै गत वैशाख–२३ गते सुर्खेतबाट घरतर्फ हिडेका थिए ।
बस्नेत जाजरकोटको मजकोट र दैलेखको सीमाना पातीहाल्न भन्ने ठाउँमा मृत अवस्थामा फेला परेको स्थानीय भीमबहादुर बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया