खनालद्वारा एमाओवादीलाई बच्चाको संज्ञा

धरान, ५ जेठ । एमाले अध्यक्ष झलनाथ खनालले एकीकृत माओवादीलाई बच्चाको संज्ञा दिएका छन् ।
एमाले सुनसरीको छैटौँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष खनालले आफ्नो पार्टीले ६ दशक पूरा
गरिसकेको उल्लेख गर्दै एकीकृत माओवादीलाई बच्चाको संज्ञा दिएका हुन् । एमाओवादी आँधीहुन्डरी भएको टिप्पणी गर्दै उनले अबको चुनावमा एमालले बहुमत ल्याउने दाबी गरे । एमाओवादी खुइलिएको स्यालजस्तो भएको आरोप लगाउँदै उनले यसअघि सविधानसभा चुनावमा मरेका र विदेशमा भएका व्यक्तिको नाममा भोट हालेर ठूलो दल भएको जिकिर गरे । ‘अहिले जनताले पत्याउन छोडेको कारण एमाओवादी स्याल भइसकेको छ,’ उनले भने, ‘अबको चुनावमा एमाओवादीलाई बत्ती बालेर खोज्नुपर्ने हुन्छ ।’ पार्टी बन्दुकको भरमा नचल्ने उनको धारणा थियो ।
संविधान निर्माणमा एमाओवादी बाधक बनेको उनको भनाइ थियो । एमाओवादीकै कारण देशको आर्थिक, राजनीतिक मात्र होइन राष्ट्रियता र स्वतन्त्रतत्रासमेत संकटमा पर्दै गएको उनले बताए । कांग्रेसले पनि जनताको चाहनालाई पूरा गर्न नसक्ने दाबी गर्दै उनले मधेसी दलहरू फुटेका कारण मेधेसी जमिनदार मात्र भएको बताए । उनले राष्ट्रियता जोगाउन एमाले मात्र सक्षम रहेको उल्लेख गर्दै जेठभर आफूहरू निर्वाचन अभियानमा लागिपरेको बताएका थिए । जिल्ला अधिवेशनअन्तर्गत आइतबार बन्दसत्र चल्ने उक्त पार्टीले जनाएको छ ।

प्रतिक्रिया