एमाले नेतृ अर्याल एमाओवादीमा प्रवेश

urmilarekhaकाठमाडौं, ४ जेठ । नेकपा एमालेकी नेतृ उर्मिला अर्याल र नायिका रेखा थापा एमाओवादीमा प्रवेश गरेका छन् ।
एमाओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्धय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले अर्याल र थापालाई फुलमाला र अविर लगाएर पार्टी प्रवेश गराएका हुन् । एमाले पोलिट्व्युरो सदस्य रहेकी नेतृ अर्याल माओवादीमा प्रवेश गर्न लागेको चर्चा पछिल्ला केहि दिन चल्दै आएको थियो । एमालेमा छँदा अर्याल सांसद, मन्त्री र पार्टीको महत्वपूर्ण जिम्मेवारीमा थिइन् । पार्टी नेतृत्वसंग असहमती जनाउँदै केही साता अघि मात्र एमाले नेता रामचन्द्र झा एमाओवादी प्रवेश गरेका थिए ।
नायिका रेखा थापा संविधान सभा निर्वाचनपछि एमाओवादी निकट थिइन् । माधव नेपाल सरकारको पालामा माओवादीले आव्हान गरेको हडतालमा अध्यक्ष दाहालसंग नाचेर थापा निकै चर्चामा आएकी थिइन् । चलचित्र विकास बोर्डको अध्यक्षका लागि माओवादी नेतृत्वसंग लबिङ गरेपनि थापा असफल भईन् ।

प्रतिक्रिया