भारतको ईशारामा एमाओवादीः भुसाल

गुल्मी, ३ जेठ । नेकपा एमालेका कन्द्रीय सदस्य घनश्याम भुसालले अलिहेकै अवस्थामा संविधान सभा निर्वाचन संभव नरहेको बताएका छन् ।
बीसौं मदन आश्रित दिवसका अवसरका नेपाल बुद्धिजिवी परिषद्ले आज आयोजना गरेको कार्यक्रममा एकीकृत नेकपा माओबादी र मधेशी मोर्चा संबिधान बन्न नदिनको लागि उद्वत रहेकोले आगामी संबिधानसभा निर्वान असंभव बन्दै गएको बताए । एकीकृत नेकपा माओबादी भारतको ईसारामा चलेको आरोप लगाँउदै एमाले नेता भुसालले अहिलेको अवस्थामा भारत नेपालमा चुनाव नचाहेकाले संविधान सभा अनिश्चित बन्दै गएको दावी गरे ।
अख्तियार प्रमुखमा लोकमान सिंह कार्कीलाई सिफारिस गरेको पार्टी नेतृत्वले गल्ती स्वीकार गरिसकेकाले एमालेलाई दोष दिन नहुने भुसालले तर्क गरे । उनले दलहरुले गल्ती गरेपनि त्यसलाई मन्त्रिपरिषद् अध्यक्ष र राष्ट्रपतिले सच्याउनुको साटो दलहरुको सिफारिस स्वीकृत गरे गल्ती दोहो¥याएको आरोप लगाए ।

प्रतिक्रिया