कम्युनिष्टहरु सच्चा लोकतन्त्रवादी : नेपाल

Madhav-Nepalकाठमाडौं, ३ जेठ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिष्टहरु सच्चा र असली लोकतन्त्रवादी शक्ति भएको बताएका छन् ।
राजधानीमा आज (शुक्रबार) आयोजित कार्यक्रममा नेता नेपालले लोकतान्त्रिक शक्तिको नेतृत्व आफूहरुले गरेको बताए । उनले लोकतन्त्र रक्षाका लागि एमालेले ठूलो भूमिका खेल्नु पर्ने समेत बताए ।
उनले एमाओवादी मदन भण्डारीकै बाटो समातेर जनताको बहुदलीय जनवादमा आएको दाबी गरे । ‘एमाओवादी ढिलोचाँडो मदन भण्डारीकै बाटोमा आएको छ’ उनले भने ।
मंसिर महिनामा संविधानसभाको चुनाव गर्नै पर्ने उनको भनाई थियो । ‘निर्वाचनका विरुद्ध कुनै पनि बहानाबाजी चल्दैन,’ उनले भने, ‘असन्तुष्ट दलहरुसँग वार्ता गरेर चुनावमा सहभागी गराउनु पर्छ ।’

प्रतिक्रिया