ठूलो परिमाणमा काठ बरामद

रौतहट, ३ जेष्ठ । रौतहट प्रहरीले गए राति ठूलो परिमाणमा काठ पक्राउ गरेको छ । आज बिहान वन क्षेत्रबाट अवैध रुपमा काचो सालको रुख काटेर लग्दै गरेको अवस्थामा प्रहरीले लक्ष्मीनिया ९ बाट झण्डै एक सय सि एफ टी काठ नियन्त्रणमा लिएको हो ।
राष्ट्रिय वन क्षेत्रबाट काठ तस्करी हुन लागेको गोप्य सूचनाका आधारमा वडा न. ९ मा प्रहरी परिचालन गरिएको थियो । प्रहरीलाई देखेपछि तस्करहरु काचो सालको गोलिया छाडेर भागेको प्रहरी उपरीक्षक गोबिन्दराम परियारले जनाए ।
केही दिन अघि मात्र पनि सोही वन क्षेत्रमा चोरी निकासी बढेको भन्दै प्रमुख जिल्ला अधिकारी दिल बहादुर घिमिरेको नेतृत्वमा प्रशासनको टोलिले गैडाटार ३ मा छापामारी सय क्यूफिट चिरान गरिएका काठ बरामद गरेको थियो । वन कार्यालका कर्मचारीकै मिलेमतोमा काठ तस्करी मौलाउन थाले पछि रौतहटमा वन फडानी तीब्र बनेको हो ।

प्रतिक्रिया