भण्डारी–आश्रितको २० औँ स्मृति दिवस

umlकाठमाडौं, ३ जेठ । एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २० औं स्मृति दिवस आज (शुक्रबार) विभिन्न कार्यक्रम गरेर मनाईदै छ ।
२०५० साल जेठ–३ गते कम्युनिष्ट नेता भण्डारी र आश्रितको जीप दुर्घटनामा मृत्यू भएको थियो । पार्टीको कार्यक्रममा सहभागी हुँन जाँदै गर्दा भण्डारी र आश्रित चितवनको दासढुंगामा दुर्घटनमा परेका थिए ।
पार्टी मुख्यालय बल्खुमा रहेको नेता भण्डारीको शालिकमा एमालेका नेताहरुले माल्यार्पण गरेर उनीहरुको स्मरण गरेका छन् ।
भण्डारी र आश्रितको जीप दर्घटनाबाट मृत्यूको घटनालाई एमालेले हत्याको आरोप लगाउँदै आएको छ ।
एमालेको २०४९ सालमा सम्पन्न पाँचौँ महाधिवेशनमा भण्डारीले ‘जनताको बहुदलीय जनवाद’लाई पार्टीको राजनीतिक कार्यक्रमका प्रस्ताव गरेका थिए ।

प्रतिक्रिया