ठमेलमा आगलागी हुँदा करोडौंको नोक्सानी

Thamal Aaglagiकाठमाडौं, ३ जेठ । काठमाडौंको  ठमेलमा आगलागी हुँदा १५ करोड भन्दा बढीको नोक्सानी भएको छ ।
ठमेलमा बिहीबार राति एक रेष्टुरेण्टबाट सुरु भएको आगलागी शुक्रबार विहान मात्रै नियन्त्रणमा आएको महानगरीय प्रहरीले जनाएको छ । आगलागीका क्रममा ग्यासका सिलिण्डर पड्किँदा स्थानीय त्रसित भएका थिए ।
आगोले किताव पसलसहित केही पसलमा समेत नोक्सानी पर्‍याएको छ । पसलमा रहेका अधिकांश किताब जलेर नोक्सान भएका छन् ।
नेपाली सेना, प्रहरी र स्थानीयका साथै दमकलको सहयोगमा आगो नियन्त्रणमा लिईएको थियो । आगालागीबाट भएको नोक्सानीको पूर्ण विवरण आईसकेको छैन । (तस्विर फेसबुक)

प्रतिक्रिया