सापकोटाको राजीनामा स्वीकृत

काठमाडौं : म्हेपी बचत तथा ऋण सहकारी संस्थाका नमराज सापकोटाले उपसचिव पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । सापकोटा सहकारी विभागअन्तर्गतका अनुगमन शाखामा शाखा अधिकृतमा सेवारत भएको र सहकारी मापदण्ड विपरीत सञ्चालक समितिमा रहेको खबर सार्वजनिक भएपछि उनले राजीनामा दिएको संस्थाका सचिव कृष्ण नारायण श्रेष्ठ बताए ।
विभागका रजिष्ट्रारबाटसमेत सापकोटालाई तत्काल सच्याउन भनिए पछि मात्र उनले राजीनामा दिएको हो । त्यस्तै संस्थाले १७आँै वर्ष प्रवेशको अवसरमा रक्तदान शिविर कार्यक्रम सम्पन्न गरेको छ । म्हेपी मन्दिर परिसरमा सु–सम्पन्न उक्त रक्तदान शिविरमा ४५ जनाले रक्तदान गरेका थिए । आगामी वर्ष बृहत् स्वास्थ्य परीक्षण शिविर सञ्चालन गर्ने योजना रहेको सचिव श्रेष्ठले बताए ।

प्रतिक्रिया