खोज पत्रकारिता पुरस्कार कोष स्थापना

काठमाडौं : नेपालमा खोज पत्रकारिताको विकास गर्ने उद्देश्यले १० हजार अमेरिकी डलर बराबरको खोज पत्रकारिता पुरस्कार कोष स्थापना गरिएको छ । बारबरा पिस फाउन्डेसनकी संस्थापक अध्यक्ष बारबरा एडम्सले कोषको स्थापना गरेकी हुन् ।
बिहीबार बारबरा पिस फाउन्डेसन र त्रिवि पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागले संयुक्त कार्यक्रम गरी कोष स्थापना गरिएको जानकारी दिएको छ । पुरस्कार पत्रकारिता तथा आमसञ्चार विभाग मातहतमा रहने जानकारी कार्यक्रममा गराइएको छ ।
प्रध्यापक खरेलले बारबरा एडम्सको व्यक्तित्व र पत्रकारितासँग लामो आवद्धता रहेका कारण नै विभागले उनको प्रस्तावलाई स्वीकारेको बताए । ‘जोसुकैले स्थापना गर्न खोज्ने पुरस्कार हामी स्विकार्दैनौँ,’ खरेलले भने, ‘यो पुरस्कार हरेक वर्ष ५१ हजार रुपियाँको पुरस्कार दिने तय भएको छ ।’
‘नेपाल संसारमा सबैभन्दा सुन्दर देश हो, यहाँ नभएको कुरा भनेको नैतिकता मात्रै हो,’ पुरस्कारण घोषणा गर्दै एडम्सले भनिन्, ‘खोजी पत्रकारिताबाट भ्रष्टाचार बाहिर ल्याउन यो पहल गरेकी हुँ ।’ (सौस)

प्रतिक्रिया