ठूला दलहरु निर्वाचनबाट भागेका छन्: महतो

rajendra-mahatoरौतहट, ३ जेठ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधानसभा निवार्चानको मिति तुरुन्त घोषणा गर्न माग गरेका छन् ।
रौतहटमा आज (बिहीबार) आयोजित कार्यक्रममा महतोले चुनावका लागि मिति घोषणा गर्न ढिलाई भएको आरोप लगाए । ‘मंसिरमा जसरी भए पनि संविधान सभाको निर्वाचन सम्पन्न गराउनु वर्तमान सरकारको जिम्मेवारी हो,’ उनले भने, ‘निर्वाचनको विरोध गरिरहेका दलहरुलाई पनि वार्ताद्वारा सहभागी गराउनु पर्छ ।’
उनले ठूला दलहरुनै चुनावबाट भाग्न खोजेको आरोप लगाए । अध्यक्ष महतोले निर्वाचन विरोधी गतिविधि नगर्न पनि आग्रह गरे ।

प्रतिक्रिया