सिराहामा डाँकाको आक्रमणबाट १५ जना घाईते

Siraha-Bato-Abrodhसिरहा, २ जेठ । सिराहा जिल्लामा पेस्तोल र घरेलु हतियारसहित आएका नकाबधारी डाँका समूहको आक्रमणबाट १५ जना स्थानीय घाईते भएका छन् ।
बुधबार मध्यराति अयोध्यानगर–३, कसहामा आएका १५/२० जनाको समूहले स्थानीय ८ घरपरिवारबाट करीब १० लाख बराबरको धनमाल लुटेर लगेको छ ।
राजेन्द्र यादब, उपेश यादब, अमिरी यादब, गुजेश्वर यादब, चन्देश्वर यादबलगायतका आठ जनाको घरमा डकैती भएको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।
स्थानीयले प्रतिकार गरे पछि डाँकाहरु बम पड्काउँदै भागेका थिए । प्रतिकारका क्रममा डाँकाले प्रहार गरेको खुकुरी लागेर १५ जना स्थानीय घाईते भएका छन् ।
गम्भीर घाईते मध्ये राजेन्द्र यादब, राधाकृष्ण यादब र चन्देश्वर साहलाई विराटनगर लगिएको छ । सामान्य घाईतेहरुको गोलबजारस्थित भूमिजा हस्पिटल एण्ड रिसर्ज सेन्टरमा भईरहेको छ ।
ईलाका प्रहरी कार्यालय गोलबजारका सहायक निरीक्षक घुरन यादबले डकैती भईरहेको जानकारी पाउने वित्तिकै टोली घटनास्थल पुगेको दावी गरे । ‘डाँका गाउँ प्रवेश गरेको सूचना पाउन साथ प्रहरी गएको थियो,’  उनले दाबी गरे, ‘डाँकाहरुको खोजी कार्य भईरहेको छ ।
प्रहरी समयमा नआएको भन्दै स्थानीयले केही समय पूर्वपश्चिम महेन्द्र राजमार्ग अबरुद्ध समेत बनाए । सडक अबरुद्ध हुँदा सयौं यात्रु र दर्जनौं सवारी साधान सडकमा अलपत्र परेका थिए ।

प्रतिक्रिया