मृतकका परिवारलाई राहत

गोरखा : विदेशमा काम गर्न गएका गोरखा घैरुङ–९ का मानबहादुर आलेका परिवारलाई जिल्ला प्रशासन कार्यालयमार्फत ४८ लाख नौ हजार १८ रुपियाँ प्रदान गरिएको छ ।
वैदेशिक रोजगारीको सिलसिलामा कतारमा ज्यान गुमाएका आले परिवारका नाममा उक्त रकम परराष्ट्र मन्त्रालयले जिल्ला प्रशासन कार्यालय गोरखा पठाएको थियो । मृतक आलेकी श्रीमती बच्चु आलेलाई उक्त रकम दिइएको हो । (सौस)

प्रतिक्रिया