वार्तामा आउन रेग्मीको आह्वान

काठमाडौं, २ जेठ । अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले यथाशक्य चाँडो वार्तामा आउन नेकपा–माओवादीलाई पुन: आग्रह गरेका छन् ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय र संयुक्त राज्य अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटीले बुधबार आयोजना गरेको गोष्ठीमा अध्यक्ष रेग्मीले वार्तामा आउन आग्रह गरेका हुन् । यसअघि ३० वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले चुनावी मन्त्रिपरिषद् गठन प्रक्रियाप्रति असन्तुष्ट नेकपा–माओवादीसहित ३३ दललाई विनासर्त वार्तामा आउन आह्वान गरेको थियो । नेकपा–माओवादीले सरकारको वार्ता प्रस्ताव अस्वीकार गर्दै आएको छ । माओवादी अध्यक्ष मोहन वैद्यले मागको सम्बोधन हुने स्थितिमा मात्र वार्तामा बस्ने प्रतिक्रिया दिइसकेका छन् ।

प्रतिक्रिया