शिक्षामा व्यापारीकरण अन्त्य हुनुपर्ने

सुर्खेत, २ जेठ । एमाओवादी केन्द्रीय सदस्य लेखराज भट्टले स्ववियु निर्वाचन सफलतापूर्वक सफल भए संविधानसभा निर्वाचन पनि सफल हुने बताएका छन् । अखिल क्रान्तिकारीद्वारा बुधबार आयोजित कार्यक्रममा उनले स्ववियु निर्वाचनमा सही नेत्रीत्व आए शिक्षामा देखा परेको व्यापारीकरण अन्त्य हुने धारणा राखे । सोही कार्यक्रममा एमाओवादी नेत्री सत्या पहाडीले नेपालमा अनिवार्य, नि:शुुल्क तथा वैज्ञानिक शिक्षाको आवश्यकता रहेको बताए । उनले संविधानसभा निर्वाचनमार्फत संविधान निर्माण गर्नुको विकल्प नरहेको भन्दै निर्वाचन सुनिश्चितता हुनुपर्ने धारणा राखे ।
त्यसैगरी, कांग्रेस केन्द्रीय सदस्य नरहरि आचार्यले कांग्रेसको सिद्धान्त अपराजय हुँदाहँुदै पनि विगतको चुनावमा कांग्रेस पराजय हुनुमा प्राविधिक त्रुटि रहेको बताएका छन् । कांग्रेसको बुधबारबाट सुरु भएको एकमहिने चुनावी अभियानको पहिलो दिनको कार्यक्रममा नेता आचार्यले पार्टीभित्रको प्राविधिक त्रुटि सच्याएर अगाडि बढे आगामी संविधानसभा निर्वाचनमा कांग्रेसको जित सुनिश्चित रहेको दाबी गरे ।
लोकतान्त्रिक पद्धतिको विकल्प लोकतान्त्रिक पद्धति नै भएको चर्चा गर्दै उनले यसको संस्थागत विकासका लागि चुनाव अपरिहार्य भएको बताए । कार्यक्रम कांग्रेस चितवनका सभापति टेकप्रसाद गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा कांग्रेसका शुभेच्छुक तथा बुद्धिजीवीले कांग्रेसलाई आगामी चुनावमा बलियो बनाउन आवश्यक रणनीतिबारे सुझाव दिएका थिए ।
उता एमाले स्थायी समिति सदस्य केपी शर्मा ओलीले एमाओवादीको खोक्रो सिद्धान्तबाट मुलुक अगाडि बढ्न नसक्ने बताएका छन् । दमकमा प्रेस चौतारी झापाले गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता ओलीले माओवादी कुनै दर्शन र दूरदृष्टि नभएको पार्टी भएको बताए । उनले एमालेको गतिशीलताका लागि महाधिवेशन गर्नुपर्ने आवश्यकता आँैल्याए । एकता र नयाँ नीति निर्माण गर्न पनि महाधिवेशन आवश्यक रहेको नेता ओलीले दोहोर्‍याए । यसैबीच, एमालेसम्बद्ध युवासंघ नेपाल दमक नगर कमिटीले आफ्नो नगर अधिवेशनको सन्दर्भ तथा संघको ३२औँ स्थापना दिवस पारेर मोटरसाइकल र्‍याली आयोजना गरेको छ । र्‍यालीको उद्घाटन नेता ओलीले गरेका थिए । र्‍यालीले दमक नगरपालिका परिक्रमा गरेको थियो ।

प्रतिक्रिया