खोजखबर

सिराहामा कांग्रेस कार्यकर्ताको हत्या

सौर्य अनलाइन २०७० जेठ १ गते १०:२३ मा प्रकाशित

सिरहा, १ वैशाख । सिराहा जिल्लाको कल्याणपुर जब्दीस्थित रमनाबँठीयामा कांग्रेस कार्यकर्ता किशोरी मण्डलको हत्या भएको छ । उनको शव आफ्नै घर नजिकै फेला परेको हो ।
कल्याणपुर जब्दी–२ का ४५ बर्षीय मण्डलको हत्या गरेर शव खेतमा फालिएको अवस्थामा आज (बुधबार) दिउँसो शव फेला परेको प्रहरी उपरीक्षक मनोज न्यौपानेले जानकारी दिए ।
घाँटी थिचेर हत्या गरिएको अवस्थामा मण्डलको शव फेला परिएको न्यौपानेले बताए । घर नजिकै रहेको आपको बगैचामा स्थानीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मण्डलको हत्याको कारण खुल्न सकेको छैन ।
सिरहा कांग्रेसका सचिव नरेश यादवले आजै विज्ञप्ती जारी गरेर मण्डलको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गरेका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय