काठमाडौंलाई उपाधि

काठमाडौं : नेपाल बैंक कप जुनियर फुटबल प्रतियोगिताको उपाधि काठमाडांै जिल्ला फुटबल संघ एकेडेमीले जितेको छ । मंगलबार भएको फाइनलमा चन्द्र भैरव क्लब बी लाई ७–१ ले  पराजित गर्दै काठमाडौंले उपाधि जतेको हो ।
प्रायोजक नेपाल बैंक लिमिटेडका महाप्रबन्धक किरणकुमार श्रेष्ठले पुरस्कार प्रदान गरे । उपाधि विजेताले एक लाख रुपियाँ पायो । प्रतियोगितामा विजयी टोलीका रोशन गुरुङ उत्कृष्ट गोलरक्षक किरणजंग शाही उत्कृष्ट रक्षक,  रसुसान्त श्रेष्ठ  उत्कृष्ट फरवार्ड भए ।  उपविजयी टोलीका सुरज चित्रकार उत्कृष्ट मिडफिल्डर भए । विजेताका  देवेन्द्रजंग शाहीले उत्कृष्ट प्रशिक्षकको पुरस्कार पाए । (सौस)

प्रतिक्रिया