आन्दोलन फिर्ता लिन आग्रह

काठमाडौं : नेपाल मुद्रण उद्योग महासंघले अखिल नेपाल सञ्चार छापाखाना र प्रकाशन मजदुर संघलाई आन्दोलन फिर्ता लिन आग्रह गरेको छ ।
पोखरा क्षेत्रमा मुद्रण उद्योगमा संघको अगुवाइमा आन्दोलन गरी प्रकाशन नै ठप्प पारिएकोमा ध्यानाकर्षण भएको भन्दै वार्ताद्वारा समस्या समाधानका लागि आन्दोलन फिर्ता लिन महासंघले आग्रह गरेको हो । शैक्षिक सत्र सुरु भएका बेला गरिएको आन्दोलनले मुद्रण व्यवसायीका साथै बालबालिकाले पुस्तक पाउने अधिकारलाई समेत कुण्ठित पारिएको महासंघद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ । छापामाध्यमसमेत प्रकाशन गर्न नसक्ने गरी गरिएको आन्दोलनले सूचना पाउने नागरिकको हकलाई प्रभाव पारिएको महासंघको ठम्याइ छ । (सौस)

प्रतिक्रिया