चट्याङ लागेर किशोरीको मृत्यु

Rolpa Districtरोल्पा, ३१ वैशाख । रोल्पामा चट्याङ लागेर गएराती एक जना किशोरीको ज्यान गएको छ । पूर्वी रोल्पाको सिर्प गाविस वडा नं.१ छापा निबासी १५ वर्षीया पूर्णिमा गिरीको आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर घटनास्थलमै ज्यान गएको हो । चट्याङले घरमा पनि क्षति पु¥याएको मृतक गिरीका बुवा यामबहादुर गिरीले बताएका छन् । गिरीको शबलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघामा लगिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

प्रतिक्रिया