अख्तियारमा माओवादीसहित ३३ दलको धर्ना

aakhatiyarकाठमाडौं, ३१ वैशाख । नेकपा–माओवादीसहितका ३३ दले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा धर्ना एवं घेराउ गरेका छन् ।

कार्यालय समय भन्दा एक घण्टा अघि पुगेका ३३ दलका कार्यकर्ताले आयोगमा धर्ना दिएका हुन् । उनीहरुले दुई घण्टासम्म धर्ना एवं घेराउ गरेका थिए ।
धर्ना एवं घेराउका कारण नक्साल र बालुवाटार क्षेत्रको सवारी आवागमन केही समय प्रभावित भएको महानगरीय प्रहरीले जनाएको छ ।
नेकपा–माओवादीसहितका ३३ दलले अख्तियारमा लोकमान सिंह कार्कीलाई प्रमुख आयुक्तमा नियुक्त गर्ने चार राजनीतिक शक्ति र निर्णयको विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया