क्षतिपूर्तिको माग गर्दै राजमार्ग बन्द

दैलेख, ३१ वैशाख । बस दुर्घटनामा ज्यान गएका परिवारका आफन्तले क्षतिपूर्तिको माग गर्दै कर्णाली राजमार्ग बन्द गराएका छन् ।
दैलेखको साइगाउमा सोमबार भएको ना ३ ख ४७९३ नम्बरको मध्यपश्चिम यातायातको बस दुर्घटनामा ज्यान गुमाएका परिवार र घाईतेका आफन्तले राजमार्ग बन्द गराएका हुन् । दुर्घटनामा एक महिलाको मृत्यु हुनुका साथै १८ जना घाइते भएका थिए । अछाम पुलेतोलाकी २१ वर्षीय लक्ष्मी रावल विष्टको दुर्घटनामा ज्यान गएको थियो । मृतक तथा घाइतेका आफन्तले उचित क्षतिपूर्ति नदिएसम्म राजमार्ग सुचारु हुन नदिने बताएका छन् । राजमार्ग बन्द हुदा दर्जनौं सवारीसाधन बीच बाटोमै रोकिएका छन् भने सयौं यात्रुहरु अलपत्र परेका छन् । प्रहरीले स्थानीयबासी र बस व्यवसायी समितिबीच वार्ताको पहल भैरहेको जनाएको छ ।

प्रतिक्रिया