बालोटेलीविरुद्ध फेरि रंगभेदी व्यवहार

baloteliमिलान, ३१ वैशाख । ‘अन फिल्ड’ र ‘अफ×× फिल्ड’ दुवैमा सँधै चर्चामा रहने गरेका एसी मिलानका इटालियन फुटबल स्ट्राइकर मारियन बालोटेली पुन: एकपटक समाचारमा छाएका छन् । उनलाई समाचार बनाएको पछिल्लो विषय हो ‘रंगभेदी व्यवहार’ । घरेलु लिग सिरी ए अन्तर्गत आइतबार राति रोमाविरुद्ध खेल्नेक्रममा उनीविरुद्ध दर्शकदीर्घाबाट चर्को आवाजमा रंगभेदी व्यवहार प्रर्दशन भएको हो । सान सिरोमा भएको यस खेल मध्याह्नपछि केही समय रेफ्रीले रोक्न बाध्य भएका थिए । आयोजकले दर्शकको उक्त व्यवहार तत्काल नरोकिए खेल नै स्थगित गर्न सक्ने चेतवानी दिएपछि पुन: सुचारु हुन सफल भएको थियो । यसबीचमा खेल अधिकारीले रोमाका कप्तान फ्रानसेस्को टोटीलाई दर्शकलाई शान्त पार्न आग्रह गरेका थिए ।
बालोटेलीविरुद्ध यसअघि पनि रंगभेदी व्यवहार भएका थिए । यसै सिजन इन्टर मिलानसगको खेलमा समेत विपक्षी समर्थकबाट यी स्ट्राइकरविरुद्ध दुव्र्यवहार भएपछि इन्टर मिलानलाई कारबाही भएको थियो । बालोटेलीविरुद्ध मात्र होइन, कालो वर्णका अन्य केही चर्चित खेलाडीविरुद्ध पनि पछिल्लो समय खासगरी फुटबलमा रंगभेदी व्यवहार प्रदर्शन भएका छन् । गत जनवरी ट्रान्सफर विन्डोमा इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट आफ्नो देशकै क्लबमा फर्किएका बालोटेली अघिल्ला वर्षमा जस्तो व्यक्तिगत आचरणका
कारण पछिल्लो समय कम चर्चामा आउने गरेका छन् । एसी मिलान आएयता उनको प्रर्दशन पनि स्तरीय रहेको छ । आइतबार राति एसी मिलान र रोमालाई गोलरहित बराबरी खेले । दुवै टोलीले खेलमा १० खेलाडीमा सीमित भएका थिए । एसी मिलानले सुले मुन्तारी र रोमालाई टोटीलाई गुमाएको थियो ।

प्रतिक्रिया