पत्रकार र पत्रिकाविरुद्ध मानहानि मुद्दा

काठमाडौ,  ३१ वैशाख । स्वतन्त्र न्यायालयको अस्थित्वमाथि धावा बोल्दै लेख प्रकाशन गरेको अभियोगमा पत्रकार विजयकुमार र लेख प्रकाशन गर्ने कान्तिपुर दैनिकका प्रकाशक कैलास सिरोहिया र सम्पादक सुधिर शर्माविरुद्ध सर्वोच्च अदालतमा मानहानि मुद्दा दायर भएको छ ।
कान्तिपुरमा गत शनिबार प्रकाशित पत्रकार विजयकुमारका ‘पद र पहिचानबीचको महान अन्तर’ शीर्षकको लेखले स्वतन्त्र न्यायपालिकाको मानहानी गरेको जिकिर गर्दै अधिवक्ता अञ्जनकुमार पोख्रेलले मुद्दा दायर गरेका छन् । लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख बनाउने विषयमा अदालतको भूमिकालाई मुख्य विषयवस्तु बनाएर विजयकुमारले लेख लेखेका थिए । लेखमा उनले अदालतले न्यायसम्पादनमा कमजोरी गर्न थालेको उल्लेख गरेका छन् । उक्त लेखले अदालतको मानहानि भएको जिकिर गर्दै अधिवक्ता पोखरेलले लेखक, प्रकाशक, सम्पादकसहित प्रकाशनगृहलाई नै विपक्ष बनाएका छन् ।
पोखरेलले अदालतको मानहानि गर्नेलाई एक वर्ष कैद सजाय र १० हजार जरिवाना माग गरेका छन् ।

प्रतिक्रिया