गरिबीका कारण रत्नकुमारीको ज्यान गयो

जाजरकोट, ३० वैशाख । जाजरकोट जिल्ला खगेनकोट–६ कि २८ वर्षीया रत्नकुमारी विक मृत अवस्थामा फेला परेकी छन् ।
घरभन्दा करीब डेढसय मिटर टाढा रुखमा झुण्डिएको अवस्थामा रत्नकुमारीलाई फेलापरेको प्रहरी नायव उपरीक्षक रेमश थापाले जानकारी दिए ।
वैशाख–२८ गते राति एक्कासि वेपत्ता रत्नकुमारीको खोजी गर्ने क्रममा शव आइतबार फेला परेको हो । उनका दुई छोरा र एक छोरी छन् ।
आर्थिक अभाव र चरम गरिबीका कारण रुखमा झुण्डिएर ज्यान दिएको हुन सक्ने उनका पति हरिबहादुर नेपालीले बताए । यसअघि विक दम्पत्तिले पटक/पटक आत्महत्याको प्रयास गरेको स्थानीयको भनाई छ ।

प्रतिक्रिया