रोल्पामा फरार कैदीमध्ये ३ जना पक्राउ

रोल्पा, ३० वैशाख । जिल्ला कारागार रोल्पाबाट शनिबार राति सुरुङ खनेर भागेका ८ कैदी बन्दी मध्ये ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा डाँका तथा चोरी मुद्दा अभियुक्त दाङ, सैंघा गाविसका दीपक पुन, जबरजस्ती करणीका अभियुक्त रोल्पा जेदबाङ गाविसका चम्फे बिक र गैंडाको खाग तस्करी अभियोगमा सजाय भोगिरहेका रोल्पा खुंग्रीकै अर्जुन सेन रहेका छन् ।
उनीहरुलाई भाग्दै गरेको अवस्थामा प्रहरीले जंगलबाट पक्राउ गरेको जनाएको छ ।
चम्फे र दीपकलाई रोल्पाको माडिचौर तथा सीमलबाङको बिचमा पर्ने जंगलबाट पक्राउ गरिएको थियो । अर्जुन सेनलाई सदरमुकाम लिवाङ नजिकै रहेको सातदोबाटोस्थित जंगलबाट आइतबार राति पक्राउ गरिएको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।

प्रतिक्रिया