काठमाडौं : चलचित्र ‘नेपथ्य’को फस्ट लुक र प्रोमो सार्वजनिक गरिएको छ । आधिकारिक रूपमा प्रचार सुरु गर्न चलचित्र युनिटले राजधानीमा हालै एक कार्यक्रम आयोजना गरी चलचित्रको फस्टलुकलगायत विविध पक्ष सार्वजनिक गरेको हो ।
रामराजा दाहालको निर्देशनमा तयार भएको चलचित्रमा आदित्य बुढाथोकी, मानव सुवेदी, विल्शन विक्रम राई, रेम विक, सोना तिमल्सिना, रवि गिरी, शिशिर खरेल, रश्मि भट्टलगायतको अभिनय छ । जेठ २४ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रमा अभिनेत्री सुष्मा कार्कीले ‘मस्त जवानी’ बोलको गीतमा हट आइटम नृत्य गरेकी छन् । मानिसका सपनाहरू पूरा गर्न नेपथ्यमा हुने आरोह–अवरोहलाई विषय वस्तु बनाइएको चलचित्र नेपाल र अस्ट्रेलियामा भू–भागमा छायांकन गरिएको हो । यसमा गम्भीर विष्टको नृत्य समेटिएको छ । (सौस)
प्रतिक्रिया