महासंघको बन्दसत्र ढिलागरी सुरु

janajati maha shang

 

 

 

चितवन, २९ वैशाख । चितवनको सौरहामा जारी नेपाल आदिवासी जनजाति महासंघको आठौं महाधिवेशनको बन्दसत्र ढिलागरी सुरु भएको छ ।
बिहान १० बजे सुरु हुने भनिए पनि आन्तरिक व्यवस्थापनका कारण बन्दसत्र चार घन्टा ढिला सुरु भएको हो । महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधि पर्यवेक्षकहरूको नाम दर्ता प्रक्रियामा ढिलाई भएपछि बन्दसत्र समयमा सुरु हुन नसकेको आयोजकको भनाई छ ।
बन्दसत्रमा संघीय परिषद् सचिवालय तथा संघीय परिषद्का तर्फबाट महासचिव आङकाजी शेर्पाले कार्यप्रगति प्रतिवेदन र भावी कार्ययोजना प्रस्तुत गरेका छन् ।
बन्दसत्रमा विभिन्न जातीय संगठन, जिल्ला समन्वय समितिलगायतका गरी पाँचसय प्रतिनिधि पर्यवेक्षक सहभागी छन् ।
महासंघको तीन वर्षे नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा नगेन्द्र कुमाल, चन्द्रविक्रम राई, नरेश ताम्राकार, पेमाछिरिङ शेर्पा र नित्यानन्द ताजपुरियाले उम्मेद्ववारी घोषणा गरेका छन् ।

प्रतिक्रिया