सुप्रिया र मिनीलाई उपाधि

काठमाडौं : नेपाल अटोमोबाइल स्पोर्ट्स एसोसिएसन(नासा)को आयोजनामा सम्पन्न ‘चौथो टुँडिखेलदेखि धुलिखेल महिला बाइकर्स च्याम्पियनसिपको उपाधि सुप्रिया महर्जन र मिनी थापाको जोडीले जितेकी छिन् । अजिता राई दोस्रो भइन् । टिडिएस सिस्टममा भएको रेसमा पुजा महर्जन र विनिता महर्जनको जोडी तेस्रो भयो । प्रतियोगिताको उपाधि विजेता जोडीले २२ हजार २ सय २२ रुपियाँ, उपविजेताले ११ हजार १ सय ११ र तेस्रोले ५ हजार ५ सय ५५ रुपियाँ पुरस्कार पाए । विजयी खेलाडीलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना, पर्वतीय खेलकुद महासंघका कोषाध्यक्ष मेघराज पौडेल र नासाका अध्यक्ष दशरथ रिसाललगायतले पुरस्कार प्रदान गरे । र्‍यालीले महिला मोटरसाइलक चालकलाई सडक सुरक्षासम्बन्धी जनचेतान जगाउन सहयोग पुगेको संयोजक विष्णु गुरुङले बताइन् । दोस्रो युएन ग्लोबल रोड सेफ्टी विकको उपलक्ष्यमा प्रतियोगिता आयोजना भएको हो । (सौस)

प्रतिक्रिया